राष्ट्रपति शितल निवासबाट हेलिकोप्टरमा गइन् विमानस्थल
फाइल तस्वीर

काठमाडौं– म्यानमारका राष्ट्रपति यु विन मिन्टको निम्तोमा म्यानमार यात्रामा जान राष्ट्रपति विद्यादेवी भण्डारीले विमानस्थलसम्म हेलिकोप्टर यात्रा गरेकी छिन् । उनी शितल निवासबाट बुधबार विहान हेलिकोप्टरमा विमानस्थल पुगेकी हुन् । 

सडक मार्गबाट जाँदा सर्वसाधरणलाई ट्राफिक अस्तव्यस्त भएर समस्या पर्ने विषयमा बारम्बार आलोचना हुँदै आएपछि यसपटक राष्ट्रपति भण्डारीले हेलिकोप्टर प्रयोग गरेको कुरा बाहिर आएको छ । तर, यसबारे शितल निवासले आधिकारिक रुपमा केही भनेको छैन । 

राष्ट्रपति भण्डारी पाँच दिन म्यानमारमा रहनेछिन् । उनले त्यहाँ म्यानमारका राष्ट्रपति मिन्टसँग द्विपक्षीय भेटवार्ता गर्ने छिन् । 

त्यस्तै, परराष्ट्र मन्त्रालयले राष्ट्रपति भण्डारी र म्यानमारकी स्टेट काउन्सिलर आङ साङ सुकीबीच पनि भेटवार्ता हुने जनाएको छ । त्यहाँ उनले नेपाली मूलका नागरिकलाई पनि भेट्नेछिन् । 

राष्ट्रपतिसँगै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पनि म्यानमार जान लागेका छन् ।





  • प्रकाशित मिति : असोज २९, २०७६ बुधबार १२:६:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया