हाेटलबाट १० जुवाडे पक्राउ

कन्चनपुर– कञ्चनपुरको दोधाराचाँदनी झोलुङ्गेपुल छेउमै रहेको एक होटेलबाट १० जुवाडे पक्राउ परेका छन् । 

ईलाका प्रहरी कार्यालय दोधाराका इन्चार्ज प्रहरी निरीक्षक चेतराम पनेरुले महाकाली नगरपालिका–४ को रिर्भर साइड होटेलबाट जुहाडे पक्राउ गरिएको बताए । 

प्रहरी निरीक्षक पनेरुका अनुसार उक्त होटलमा राति जुवातास खेलिरहेकै अवस्थामा जिल्ला ईप्रकाको टोलीले पक्राउ गरेको हो । प्रहरीले जुहाडेसहित एक लाख, तीन हजार पाँच सय ६ रुपैयाँसमेत बरामद गरेको छ । पक्राउ परेका १० जना ईलाका प्रहरी कार्यालय दोधाराको नियन्त्रणमा रहेका छन् । 

कञ्चनपुर प्रहरीले जुवा खालबाट पक्राउ परेका व्यक्तिको नाम भने सार्वजनिक गरेको छैन् । पर्यटकीय क्षेत्रमै रहेका होटेलमा जुवातास जस्ता गैर कानुनीधन्दा हुँदा नियन्त्रणमा लिएको प्रहरीको भनाई छ  । खेल्ने र खेलाउने विरुद्ध कारबाही प्रकृया अघि बढेको प्रहरीले जनाएको छ । लाखौँको जुवा हुने र जसबाट आपसमा झैझगडाबाट वैमनस्यता हुने भएकाले तिहारको समयमा जुवातासमा विषेश निगरानी बढाएको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : असोज २९, २०७६ बुधबार १२:४०:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया