चिनियाँ राष्ट्रपतिको भ्रमण सफल पार्न योगदान गर्ने सबैलाई राष्ट्रपतिद्वारा धन्यवाद ज्ञापन

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सी चिनपिङको ऐतिहासिक भ्रमण सफल पार्न सहयोग गर्ने सम्बद्ध सबैमा धन्यवाद व्यक्त गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले बुधबार म्यान्माको औपचारिक भ्रमणमा निस्कनुअघि ट्विट गर्दै धन्यवाद व्यक्त गरेकी हुन् । राष्ट्रपति सीको राजकीय भ्रमण सफल बनाएकामा राष्ट्रपति भण्डारीले नेपाली दाजुभाइ तथा दिदीबहिनी, सुरक्षा अंग, आमसञ्चार र सम्बद्ध सबैलाई धन्यवाद व्यक्त गरेकी छिन् । 

उक्त भ्रमणबाट जनतामा देखिएको खुसी र उत्साह साकार पार्न आफ्नो अनवरत प्रयास हुने उनले उल्लेख गरेकी छिन् । राष्ट्रपति भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा चिनियाँ राष्ट्रपति सीले यही असोज २५ र २६ गते नेपालको राजकीय भ्रमण गरेका थिए ।





  • प्रकाशित मिति : असोज २९, २०७६ बुधबार १४:११:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया