सरकारले सबै प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्दैछ: राज्यमन्त्री सुरेन्द्रकुमार यादव

काठमाडाैं– सरकारले राष्ट्रिय ट्रमा सेन्टरको मातहतमा रहने गरी सबै प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने तयारी गरेको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले बताएका छन् । मुलुक संघीयतामा गइसकेकाले सोही अनुसारको स्वास्थ्य संस्थाहरुको स्थापना गर्न सरकार लागि परेको उनको भनाई छ । विश्व ट्रमा दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सरकारले सबै प्रदेशमा स्वास्थ्य प्रयोगशालाहरुको स्थापनाको कामलाई सुरु गरेको बताए । 

राज्यमन्त्री यादवले स्वास्थ्य क्षेत्रको विकासका लागि बजेट तथा जनशक्ति दुवैको अभाव रहेको बताए । उनले आवश्यक नीति नभएका कारण कतिपय स्वास्थ्य संस्थाहरु चाहेर पनि बनाउने अवस्थामा नरहेको बताए । त्यस अवसरमा राज्यमन्त्री यादवले वीर अस्पतालमा रहेको राष्ट्रिय ट्रमा सेन्टरलाई विश्व स्तरको सेवा, सुविधायुक्त बनाउने प्रतिवद्धता जनाएका छन् । 





  • प्रकाशित मिति : असोज ३०, २०७६ बिहीबार २१:१:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया