इन्डियन आइडलको स्टेजमा यस्तो हर्कत् !

एजेन्सी– भारतीय टिभी सोमा सबैभन्दा लोकप्रिय मध्ये एक हो, इन्डियन आइडल । ११ औं सिजनमा चलिरहेको यो टिभी सोको पहिलो सिजन सन् २००४ मा आएको थियो । यसपटक यो कार्यक्रममा नेहा कक्कड, विशाल ददलानी र अनुमालिकलाई निर्णायकमा राखिएको छ ।

अनि अहिले कार्यक्रम चलाइरहेका छन्, आदित्य नारायण । अहिले सोको अडिसन चलिरहेको छ । यहीबीच यो सोको एउटा भिडियो सामाजिक सन्जालमा निकै भाइरल भएको छ । त्यसमा एक प्रतिस्पर्धीले नेहालाई अँगालो मात्र मार्दैनन्, गालामा किस पनि गरिदिन्छन् । ती प्रतिस्पर्धीको यस्तो हर्कत देखेर त्यहाँका सबैजना अचम्ममा पर्छन् । यो भिडियो सोनी टिभीले आफ्नो आधिकारिक युट्युब च्यानलमा सेयर पनि गरेको छ ।
 





  • प्रकाशित मिति : असोज ३०, २०७६ बिहीबार २१:२४:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया