खुर्सानीले आफूलाई स्वास्थ्य बनाएको मान्छन् कांग्रेस प्रवक्ता विश्वप्रकाश !

काठमाडौं– कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा फिट एन्ड फाइन छन् । उनी आजभोलि सामाजिक सन्जाल वा पत्रकार सम्मेलनहरुमा निकै कडा रुपमा प्रस्तुत हुन थालेका छन् । तर, त्यो कडाइमा पनि उनको शालिनता झल्किन्छ । त्यसैले पनि उनले राखेका कतिपय अभिव्यक्ति तथा विचारहरुलाई बौद्धिक वर्गले पनि निकै सराहना गरेको भेटिन्छ । 

त्यसो विचारमा जति प्रष्ट छन्, विश्वप्रकाश, आफ्नो स्वास्थ्यमा पनि उत्तिकै सचेत छन् । केही समयअघि एक पत्रिकासँग कुराकानी गर्दै उनले आफू पछिल्लो पटक २०४७ सालमा बिरामी परेको बताएका छन् । त्यसयता उनी बिरामी परेर अस्पतालमा जानै परेको छैन । हो, उनी नियमित चेकअपका लागि चाहिँ अस्पतालमा पुगिरहेका हुन्छन् ।

विश्वप्रकाश आफ्नो स्वास्थ्यलाई ध्यानमा राख्दै बेलुकी चाँडो सुत्छन् । बिहान पनि उनी चाँडो उठ्छन् । बिहान ४ बजे अगाडि नै उठ्ने विश्वप्रकाश गीतकार पनि हुन् । उनले केही गीतमा संगीत पनि भरेका छन् । 

आफ्नो स्वास्थ्यको राज आखिर केलाई मान्छन् त विश्वप्रकाश ? 

‘म पानी एकदम धेरै पिउँछु,’ केही अघि उनले नयाँ पत्रिका दैनिकलाई भनेका थिए, ‘कम्तिमा दैनिक ६ लिटर ।’ तर, यतिमात्र विश्वप्रकाशको स्वास्थ्यको राज होइन । उनी खुर्सानी पनि उत्तिकै खान्छन् । बरु उनलाई त खुर्सानी पनि आफू स्वास्थ्य हुनुको राज हो भन्ने लाग्छ । खुर्सानी नभए खाना नै नरुच्ने र सकेसम्म अकबरे खुर्सानी नै आफूलाई चाहिने विश्वप्रकाशले बताएका छन् ।





  • प्रकाशित मिति : असोज ३०, २०७६ बिहीबार २२:०:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया