लन्डनको स्टेसनमा जलवायु अभियन्तालाई रेलको छतबाट घिसारे सर्वसाधरणले (भिडियो)

एजेन्सी– बेलायतको लन्डनस्थित एक रेल स्टेसनमा जलवायुसम्बन्धी अभियन्ताहरुलाई समस्यामा पारिएको छ । उनीहरुले त्यहाँको ट्युबको छतमा बसेर केही प्रदर्शन दिन खोज्दै थिए । तर, उनीहरुका कारण ट्युब स्टेसन छोड्न नसकेकाले त्यहाँ रहेका अन्य सर्वसाधरणले ती व्यक्तिहरुलाई लडाएका छन् ।

यो केनिङ टाउनको घटना हो । प्रदर्शन गरिरहेका थिए एक्सटिंस्न रिबेलियन ग्रुपका केही सदस्यले । तर, उनीहरुका कारण त्यहाँको रेल स्टेसनमा जाम भयो, रेलहरु अगाडि बढ्न पाएनन् । त्यसपछि त्यहाँ भेला भएका सर्वसाधरणले ट्युबमा बसिरहेका ती अभियन्तालाई तानेर तल घिसारे ।

आफूलाई स्वतन्त्र पत्रकार भन्ने इलियोट लाफलिनले आफूलाई पनि त्यहाँ भेला भएका सर्वसाधरणले घिसारेको तर अन्य केहीले बचाएको बताएका छन् । हेर्नुस्, बिबिसीले तयार पारेको भिडियोः 





  • प्रकाशित मिति : असोज ३०, २०७६ बिहीबार २३:३२:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया