पाकिस्ताका कप्तान बर्खास्त

एजेन्सी– पाकिस्तानी क्रिकेट बोर्डले पाकिस्तानका क्रिकेट टोलीका कप्तान सर्फराज अहमदलाई टेस्ट तथा टी–२० दुवै क्रिकेटको टोलीको कप्तानबाट हटाएको छ । एक विज्ञप्ति जारी गर्दै बोर्डले यो जानकारी दिएको हो ।

श्रीलंकासँगको सिरिजमा नराम्रो हार व्यहोरेका कारण पाकिस्तानले यो निर्णय लिएको जनाएको छ । अब उनको ठाउँ टेस्टमा अजर अलीले लिने भएका छन् । टी २० मा चाहिँ बाबर अजामले लिने भएका छन् । एक दिवसीय क्रिकेटका विषयमा चाहिँ पाकिस्तानी बोर्डले कुनै जानकारी दिएको छैन ।

सर्फराजको कप्तानीमा पाकिस्तानले पछिल्लो समय खासै राम्रो प्रदर्शन गर्न नसकेको पाकिस्तानका मुख्य प्रशिक्षक मिस्वा उल हकले बताएका छन् । 





  • प्रकाशित मिति : कात्तिक १, २०७६ शुक्रबार १५:३:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया