शिक्षण अस्पतालमा फेरि कलेजो प्रत्यारोपण सफल

काठमाडौं– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा तेस्रो पटक कलेजो प्रत्यारोपण सफल भएको छ । यसले नेपालमा कलेजो प्रत्यारोपणका लागि दीर्घकालीन रुपमा स्थापित हुनसक्ने आश पलाएको छ । शिक्षण अस्पतालका चिकित्सक डा. रमेश सिंह भण्डारीको नेतृत्वको टोलीले यो तेस्रो पटक पनि सफल रुपमा कलेजो प्रत्यारोपण गरेको हो । 

डा. भण्डारीले आफ्नो फेसबुकमा यसका लागि दिल्लीको फोर्टिस अस्पतालको चिकित्सकको समूहको सहयोग रहेको जानकारी दिएका छन् । 

उनका अनुसार यसपटक रुपन्देहीका ५० वर्षीय एक पुरुषलाई उनका छोराले कलेजो दान दिएका हुन् । उनीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्न पनि डा. भण्डारीले आफ्नो फेसबुकमा अनुरोध गरेका छन् ।

यसअघि १८ जेठ र ३ साउनमा पनि शिक्षण अस्पतालमा सफल रुपमा कलेजो प्रत्यारोपण भएको थियो । त्यति बेला पनि नेपाली चिकित्सकहरुको समूहलाई दिल्ली फोर्टिस अस्पतालको समूहले सहयोग गरेको थियो । 

नेपालमा अहिलेसम्म कलेजो प्रत्यारोपण भएको यही नै तेस्रो पटक हो । यसअघि कलेजो प्रत्यारोपण गर्न चाहनेहरु कम्तिमा पनि दिल्ली पुग्नु पथ्र्यो । नेपालमा कलेजो प्रत्यारोपण हुन थालेपछि कलेजो बिरामीहरुलाई निकै सस्तोमा प्रत्यारोपण हुनसक्छ ।





  • प्रकाशित मिति : कात्तिक २, २०७६ शनिबार १०:४६:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया