विश्वकै पहिलो उपन्यासको हस्तलिखित पाण्डुलिपी भेटियो

एजेन्सी– विश्वकै पहिलो उपन्यास मानिएको द टेल अफ जेन्जीको हराएको हस्तलिखित पाण्डुलिपी भेटिएउको छ । यसलाई उपन्यासको पाँचौ हिस्सा मानिएको छ । यो उपन्यासलाई सन् १०१० मा मुरासाकी शिकिबु नामकी एक महिलाले लेखेकी हुन् । यो उपन्यासको यो भाग टोकियोमा मोटोफुयु ओकाचीको घरमा भेटिएको हो ।

५४ अध्याय भएको यो उपन्यास सन् १०१० र ११ औं शताब्दिको बीचमा लेखिएको मानिन्छ । उपन्यासमा एक जापानी सम्राटका छोराको युद्ध कौशल, राजनीतिक तथा रोमान्टिक जीवनको वर्णन गरिएको छ । हस्तलिखित यो उपन्यासको अधिकांश भाग अहिले उपलब्ध छैनन् । 

यो उपन्यासको सबैभन्दा पुरानो संस्करण कवि फुजिवारा टीकाले लेखेकोे मानिन्छ । उनको निधन सन् १२४१ म भएको थियो । 





  • प्रकाशित मिति : कात्तिक २, २०७६ शनिबार १७:५५:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया