आरोपः ज्यान मार्ने उद्योग, आदेशः साधरण तारेख

काठमाडौं– ज्यान मार्ने उद्योगमा वारेन्ट जारी भएका सत्तारुढ दलका सांसद पार्वत गुरुङलाई अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ । उनीविरुद्ध पक्राउ पूर्जी जारी केही दिनअघि भएको थियो । उनी आइतबार जिल्ला अदालत, काठमाडौंमा हाजिर भएका थिए ।

अदालतका स्रेस्तेदार आनन्द श्रेष्ठले फरक धारलाई बताएअनुसार थुनछेक बहसपछि उनलाई साधारण तारेखमा छाड्ने आदेश दिइएको हो । 

सांसद गुरुङले यसअघि पनि यसलाई राजनीतिक मुद्दा भएको बताउँदै आएका थिए । उनीमाथि दोलखाका वीरध्वज खड्काले आफ्नो ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको आरोप लगाएका थिए । खड्कालाई २०७४ सालको स्थानीय चुनावपछि गौशालामा आक्रमण भएको थियो । 

गुरुङले प्रतिनिधिसभामा दोलाखाबाट निर्वाचन जितेका हुन् ।





  • प्रकाशित मिति : कात्तिक ३, २०७६ आइतबार १७:४६:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया