के विवाह गर्दै छन् सलमान खान ?

एजेन्सी– भारतीय कमेडियन कपिल शर्माको कार्यक्रम कपिल शर्मा सोमा यसपटक अभिनेता सलमान खानको विवाहको विषयमा चर्चा भएको छ । 

त्यो कार्यक्रममा हाउसफुल ४ फिल्मको टिम पुगेको थियो । पूरै फिल्ममा काम गरेका अभिनेता तथा अभिनेत्रीसहित पुगेका थिए, निर्माता साजिद नाडियाडवाला पनि । उनीसँग कपिलले खुलेर कुरा गरेका छन् । 

त्यही क्रममा उनले सलमानको विवाहको प्रसंग निकालेका हुन् । कपिलले साजिदलाई सोधेका थिए, ‘सलमान र तपाईंले विवाह नगर्ने कसम सँगै खानु भएको थियो । तर, अब तपाईंले त विवाह गर्नु भयो नि ?’

यो प्रश्नको जवाफमा साजिदले भनेका छन्, ‘मेरो विवाहको ५ दिन पहिले सलमानले मलाई विवाह गर्ने मुड नै नभएको बताएका थिए । त्यसपछि मेरो विवाहमा पनि आएका उनले मलाई कानमा भनेका थिए– मेरो गाडी पछाडि छ, यहाँबाट निस्कनु, भागौँ ।’

साजिदले यसो भनेपछि सबै कार्यक्रममा हाँसे । तर, योसँगै भारतमा सलमानको विवाहको विषयमा फेरि एकपटक बहस पो सुरु भएको छ ।





  • प्रकाशित मिति : कात्तिक ३, २०७६ आइतबार १९:४३:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया