गिरफ्तारीमा परे करोडपति चोर

एजेन्सी– भारतमा प्रहरीले एक अन्तर्राज्यीय गिरोहका करोडपति चोरलाई गिरफ्तार गरेको छ । यसरी गिरफ्तारीमा पर्ने चोर राकेशका नाममा चिनिएका थिए । प्रहरीले उनीसँग सुरु गरेको सोधपुछमा ती चोरले जे बताए, त्यसले प्रहरी पनि अचम्ममा परेको थियो । 

प्रहरीको सोधपुछमा राकेशले उनी विमानमा पन्जाब, हरियाणा, गुजरात तथा महाराष्ट्र गएर चोरी गर्ने गरेको बताएका छन् । उनले लखनउमा भएका पछिल्ला २० चोरीको पनि जिम्मेवारी आफैंले लिएका छन् ।

उनले आफूले चोरीसकेपछि गहनाहरु सक्कली र नक्कली भएको थाहा पाउन रगड्ने गरेको बताएका छन् । ती चोरले अहिलेसम्म चोरेर नै करोडौं कमाइसकेको पनि बताएका छन् । उनले विभिन्न राज्यमा चोरी गर्न आफ्नो गिरोह भएको पनि बताएका छन् । उनले दिएको जानकारीअनुसार प्रहरीले अरु चोर पनि पक्राउ गरेको छ । यो गिरोहको मास्टरमाइन्ड राकेश भएको र उनी करोडपति भएको प्रहरीले पत्ता लगाएको छ । 





  • प्रकाशित मिति : कात्तिक ३, २०७६ आइतबार १९:४८:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया