एजेन्सी– पप गायिका तथा हलिउडकी चर्चित अभिनेत्री हुन् लेडी गागा । उनी सामाजिक सन्जालमा पनि निकै छाइरहेकी हुन्छिन् ।
यसपटक उनी फेरि ट्विटका कारण चर्चामा आएकी छिन् । आइतबार आफ्नो एक ट्विट संस्कृत श्लोक गरेकी छिन् । उनले ट्विट गरेको श्लोक हो– लोकाः समस्ताः सुखिनो भवंतु ।
यसको अर्थ हो विश्वका सबै मानिस सबै प्रकारले खुसी रहून् ।
उनले ट्विट गरेपछि यो श्लोक पनि निकै चर्चामा आएको छ । उनको ट्विटलाई विश्वका अन्य देशका मानिसहरुले बुझेको जस्तो देखिँदैन । अहिलेसम्म ७६ हजार मानिसले यसलाई लाइक गरेका छन् । गागाको यो ट्विटलाई २० हजार रिट्विट पनि मिलेको छ ।
Lokah Samastah Sukhino Bhavantu
— Lady Gaga (@ladygaga) 19 October 2019
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।