नेविसंघ अध्यक्षमा ढुंगानालाई ल्याउन देउवाकाे प्रस्ताव

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघको नयाँ समिति बनाउने विषयमा कांग्रेसमा प्रमुख नेतृत्वबीच छलफल भइरहेको छ । स्रोतका अनुसार सभापति शेरबहादुर देउवाले अध्यक्ष पदका लागि संघका पूर्वकोषाध्यक्ष राजीव ढुंगानाको नाम प्रस्ताव गरेका छन् ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले भने नेविसंघको संयोजकमा पूर्वमहामन्त्री तथा गत अधिवेशनका निकटतम प्रत्याशी मनोजमणि आचार्यको नाम प्रस्ताव गरेका थिए । आचार्यको नाममा असहमति राख्दै देउवाले ६ महिनाभित्र महाधिवेशन सम्पन्न गर्ने गरी अध्यक्षमा ढुंगानाको नाम प्रस्ताव गरेका हुन् ।

आफ्नो प्रस्ताव अमान्य भएपछि पौडेलले ६ महिनाभित्र महाधिवेशन गर्ने र केन्द्रीय समिति तथा पदाधिकारी कति संख्या हुने भन्ने विषय टुंगो लगाउनुपर्ने माग गरेका थिए । पौडेल समूहले नेविसंघ मात्र नभई पार्टीका अन्य भ्रातृ तथा शुभेच्छुक संगठनका साथै पार्टीका विभाग लगायतको प्याकेजमै टुंगो लगाउन प्रस्ताव गरेका थिए ।

अध्यक्षमा प्रस्तावित ढुंगाना नेपाली कांग्रेसका उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदारनिकट पनि मानिन्छन् । ढुंगाना सुनसरी जिल्ला निवासी हुन् ।

देउवाले संयोजकमा ढुंगानाको नाममा सहमति गरी महामन्त्री तीनजना राख्ने र त्यसमा पौडेल पक्षबाट एकजना, कृष्णप्रसाद सिटौला पक्षबाट एकजना र आफ्नो तर्फबाट एकजना राख्ने प्रस्ताव गरेका थिए ।





  • प्रकाशित मिति : कात्तिक ४, २०७६ साेमबार १६:०:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया