सिरिया संकटः टर्की र रुसबीच ऐतिहासिक सम्झौता

एजेन्सी– टर्की र रुसबीच भएका विभिन्न बैठकहरुमा उत्तरी सिरियामा कुर्दिशविरुद्ध भइरहेको सैन्य कारवाहीबारे विशेष सहमति बनेको छ । दुवै देशले यसलाई ऐतिहासिक सम्झौता बताएका छन् । 

यो सम्झौता रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति रिसेप तैय्यप इर्डोगानबीच रुसको सोचीमा भएको बैठकपछि भएको हो ।

टर्कीको सिरिया सीमामा टर्की र रुस दुवै देशका सेना तैनाथ गरिएको छ । अमेरिकाले यो क्षेत्रबाट आफ्नो सेना फिर्ता बोलाइकेको छ । टर्कीले सिरियाका कुर्द सेनाविरुद्ध आक्रामक अभियान चलाएको छ । टर्कीले कुर्द सेनालाई त आतंकवादी समूहको संज्ञा पनि दिइसकेको छ ।

अब टर्की र सिरिया मिलेर टर्की सिरियाको सीमामा संयुक्त रुपमा सेनाको प्याट्रोलिङ गराउने भएका छन् । यो क्षेत्रमा बदलिएको शक्ति सन्तुलन पनि उनीहरुले देखाउने प्रयास गरेका छन् ।

अमेरिकाले गत सातामात्र कुर्द सेना र टर्कीको सेनाबीच संघर्षबिराम गराएको दाबी गरेको थियो । यसको समय सकिएकै दिन टर्की र रुसबीच नयाँ सम्झौता भएको हो । कुर्द सेनाले सम्झौताअनुसार उक्त क्षेत्रबाट आफ्नो सेना हटाएको बताएको छ । तर, रुस र टर्कीले उसलाई थप केही समय दिएका छन् । टर्की र रुसले कुर्द सेना सीमाभन्दा ३२ किलोमिटर टाढा गइसक्नु पर्ने बताएका छन् । यसलाई सुरक्षित क्षेत्र भनिएको छ । र, यसका लागि १५० घन्टाको समय दिइएको छ ।

अमेरिकाले उक्त क्षेत्रबाट सेना फिर्ता बोलाएलगत्तै टर्कीका राष्ट्रपति तैय्यपले अक्टोबरबाट नै उक्त क्षेत्रमा आक्रामक अभियान सुरु गरेका थिए । यो क्षेत्रमा अमेरिकाले इस्लामिक स्टेटसँग लडिरहेको कुर्द लडाकूलाई साथ दिएको थियो ।



संयुक्त राष्ट्रसंघका अनुसार गत साता करिब ८० हजार बच्चासहित एक लाख ७६ हजारभन्दा धेरै मानिस सिरियाको उक्त क्षेत्रबाट विस्थापित भएका छन् । उक्त क्षेत्रमा तीस लाख मानिस रहेको राष्ट्रसंघले जनाएको छ । 



  • प्रकाशित मिति : कात्तिक ६, २०७६ बुधबार ९:१६:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया