मान्छे जिउँदै जलाउने, महिलामाथि झम्टिनेलाई क्षमा हुन्नः सन्चारमन्त्री बाँस्कोटा
फाइल तस्वीर

काभ्रे– बारम्बार आफ्ना अभिव्यक्तिका कारण चर्चामा आइरहेका छन्, सूचना तथा सन्चारमन्त्री गोकुल बाँस्कोटा । उनकै अभिव्यक्ति पछि कतिपयले सामाजिक सन्जालमा अनेक ट्रोल पनि बनाइरहेका छन् । 

तिनै बाँस्कोटाले गृहजिल्ला काभ्रे पुगेर चाहिँ निकै गम्भीर अभिव्यक्ती पछिल्लो समय दिइरहेका छन् । 

बुधबार बनेपामा आयोजित एक कार्यक्रममा पुगेका बाँस्कोटाले राजनीतिमा अपराधीकरण र नेतृत्वमा भ्रष्टीकरण अक्षम्य हुने बताएका छन् । 

‘मान्छेलाई जिउँदै जलाउने, महिलामाथि दुर्व्यवहार, गाउँले र महिलामाथि झम्टिने अपराधीलाई कुनै क्षमा हुन्न, कुनै कसरत बाँकी नराखी कानुनी कठघरामा उभ्याइन्छ, सजाए दिलाइन्छ,’ कार्यक्रममा उनले भने।

यसका लागि सामाजिक सन्जाल र मिडियाको पनि विशेष भूमिका हुने उनले बताएका हुन् । ‘सामाजिक क्षेत्रले पनि यसविरूद्ध आवाज उठाउनुपर्छ, सबै मिलेर अपराधीकरण र भ्रष्टिकरण न्यूनीकरण गर्दै जाने हो,’ उनले भने, ‘कहीँकतै जनप्रतिनिधि चुकेको भए खबरदारी गर्नुस् ।’ 

मन्त्री बाँस्कोटाले सकारात्मक परिवर्तनका लागि जनताको साथको आवश्यकता औँल्याए । रासस





  • प्रकाशित मिति : कात्तिक ६, २०७६ बुधबार २०:४७:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया