आलोपालो सरकारको नेतृत्व गर्ने सम्झौता भएको छैन : ईश्वर पोखरेल

विराटनगर– कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच आलोपालो सरकारको नेतृत्व गर्ने कुनै सम्झौता नभएको बताएका छन् । विराटनगर विमानस्थलमा शुक्रबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उनले दुई अध्यक्षबीच पार्टी एकीकरणका वेला त्यस्तो कुनै सहमति नभएको प्रस्ट पारे । 

दुई अध्यक्षबीच दैनिक भेटघाट र पार्टीका विषयमा छलफल भइरहेको बताउँदै पोखरेलले अलग–अलग पृष्ठभूमिबाट आएका हुनाले पार्टीभित्र छलफल र बहस हुनु सामान्य कुरा भएकाले यसलाई विवाद भन्न नमिल्ने विचार राखे । ‘अखबारमा आएका दुुई अध्यक्षबीच विवादसम्बन्धी समाचारमा सत्यता नभएको’ टिप्पणी गर्दै उनले आवश्यकताअनुसार दुवै अध्यक्षले पार्टीको कामको जिम्मेवारी लिन सक्ने धारणा व्यक्त गरे ।

नेकपा विप्लव समूहले राखेका सर्तको आधारमा वार्ता हुन नसक्ने स्पष्ट पार्दै रक्षामन्त्री पोखरेलले शान्तिपूर्ण मूलधारको राजनीतिमा आउनेलाई सदैव स्वागत गर्ने बताए ।उनले सभामुख कसलाई बनाउने सम्बन्धमा पार्टीभित्र कुनै छलफल नभएको पनि प्रस्ट पारे । 





  • प्रकाशित मिति : कात्तिक ८, २०७६ शुक्रबार १५:१४:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया