भारतमा तीन नेपालीको हत्या

काठमाडौं– भारतको पिथौरागढमा तीन नेपालीको हत्या गरिएको छ । उनीहरु मजदूरीका लागि भारत गएका थिए । 

हत्या हुनेमा बैतडीका हरे बोहरा, बीरा बोहरा र काशी बोहरा छन् । उनीहरु बैतडी पुर्चौंडी नगरपालिकाका हुन् । हरे र बीर सहोदर दाजुभाइ हुन् । उनीहरुको हत्या भएको बैतडी जिल्ला समन्वय समितिका उपप्रमुख धनबहादुर बोहोराले पुष्टि गरेका छन् । 

उनीहरुमाथि धारिलो हतियारले प्रहार गरेर हत्या भएको थियो । तर, हत्या कसले गरेको हो भन्ने खुल्न सकेको छैन । 

उनीहरु डेढ वर्षअघि देखि पिथौरगढको सिलौल मड भन्ने ठाउँमा मजदूरी गरिरहेका थिए । उनीहरुको शव पिथौरगढको जिल्ला अस्पतालमा राखिएको छ । हरे बोहराकी श्रीमती फरार रहेकाले यो हत्यामा उनको संलग्नता भएको हुनसक्ने आशंका चाहिँ गरिएको छ । 





  • प्रकाशित मिति : कात्तिक ११, २०७६ साेमबार ८:१०:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया