७५ हजार नगदसहित सिरहामा पक्राउ परे ८ जुवाडे

सिराहा– सिरहा नगरपालिका-१५ माडरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ७५ हजार ५सय २५ रुपैयाँ सहित ८ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले सिरहा नगरपालिका-१४ खिरौनाका २६ वर्षीय नुर खान, ३८ वर्षीय मो. रफिक, २५ वर्षीय जावेद खान, वडा नम्बर १५ का ४७ वर्षीय श्याम कुमार यादव, २९ वर्षीय रंजित यादव, २८ वर्षीय दिनेश यादव, ३५ वर्षीय संजिव कुमार महतो र गोलबजार नगरपालिका ८ का ३३ वर्षीय सिकेन्द्र साफीलाई पक्राउ गरेको छ । 

७३ हजार ६ सय ५ नेपाली र भारतीय १ हजार २ सय रुपैयाँ सहित उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक उमा शंकर प्रसाद यादवले बताए । पक्राउ परेका ८ जनालाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : कात्तिक १३, २०७६ बुधबार ८:९:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया