राति अबेर मोबाइल चलाउँदा गुम्छ आँखाको शक्ति

एजेन्सी– अँध्यारोमा लामो समयसम्म स्मार्ट फोन चलाउने बानी घातक हुनसक्ने चिनियाँ चिकित्सकहरुले बताएका छन् । उनीहरुका अनुसार राति अबेरसम्म स्मार्ट फोन चलाउँदा आँखाको ज्योति मात्रै गुम्दैन, बच्चाहरुमा त आँखा टेढो हुनसक्ने समस्या पनि निम्तिन सक्छ । चिनियाँ एक युवामा स्मार्टफोन धेरै चलाउँदा आँखाको ज्योति गुमेपछि चिनियाँ चिकित्सकहरुले यो निष्कर्ष निकालेका हुन् । 

शान्जी प्रान्तका वाङ नामका एक युवाले राति अबेरसम्म मोबाइल चलाउने हुँदा उनका आँखामा समस्या देखिएको चिकित्सकहरुले बताएका हुन् । उनलाई आइस्ट्रोक भएको र उनको ज्योति एक झमटमै गुमेको चिकित्सकहरुले बताएका छन् । वाङलाई राति अबेरसम्म भिडियो गेम खेल्ने बानी लागेको थियो । 

चिकित्सकहरुले वाङमा सेन्ट्रल रेटिनल आर्टिओकक्लुसन नामको बिमारी भएको पहिचान गरेका छन् । यसलाई आँखाघात भनेर पनि बुझ्न सकिन्छ । आँखाको रेटिनामा अक्सिजन पुर्याउने धमनीहरु अवरुद्ध हुँदा यो रोग लाग्ने गर्छ । यसका कारण विश्वमा २ करोडभन्दा धेरै पीडित भएको जनाइएको छ । ती वाङको आँखामा पनि यही समस्या देखिएको र उनको ज्योति गुमेको हुनसक्ने चिकित्सकको अनुमान छ ।

उता, वाङले दायाँ आँखाले फोनमा हेर्दा केही शब्द देख्ने गरेको र केही शब्द नदेखिने बताएका छन् । उनको यो बयानपछि चिकित्सकले उनको दृष्टिमा अत्यधिक जोड परेकाले उनको ज्योति गुमेको बताएका छन् । वाङ राति अबेरसम्म मोबाइलमा भिडियो गेम खेल्ने गर्थे ।

मस्तिष्कमा हुने स्ट्रोकजस्तै जब आँखाको रेटिनासम्म पुग्ने रगतको प्रवाह रोकिन्छ, त्यसलाई आइस्ट्रोक भनिन्छ । यसका कारण हाम्रो आँखाको हेर्ने क्षमता कमजोर हुँदै जान्छ ।





  • प्रकाशित मिति : कात्तिक १३, २०७६ बुधबार १५:४४:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया