रौतहट– रौतहट जिल्लाको गौर नगरपालिका वडा नम्बर ३ मा बुधबार साँझ गोली चलेको छ ।
गोली लागेर एक भारतीय नागरिक घाइते भएका छन् । विद्युत् प्राधिकरणको कार्यालयनजिकै गोली कसले चलाएको हो भन्ने अहिलेसम्म खुलेको छैन ।
प्रहरीले यसबारे अनुसन्धान सुरु गरिसकेको छ । त्यहाँको सुरक्षा व्यवस्था कडा बनाइएको छ । घाइते विजय गुप्ताको जिल्ला अस्पताल गौरमा उपचार भइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।