दिल्लीमा ‘पब्लिक हेल्थ इमरजेन्सी’, सबै विद्यालय बन्द

एजेन्सी– भारतको राजधानी नयाँ दिल्लीको प्रदुषण यति धेरै बढेको छ कि त्यहाँको सरकारले जनस्वास्थ्य संकटकाल लगाएको घोषणा गरेको छ । यसका साथसाथै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको सरकारले दिल्लीका सबै स्कुल ५ नोभेम्बरसम्मका लागि बन्द गरेको घोषणा गरेका छन् । यसअघि दिल्लीका स्कुलमा प्रदुषणबाट बच्न मास्क बाँडिएको थियो । 

केही दिनअघि सकिएको दीपावलीपछि दिल्लीको हावाको गुणस्तर अत्यन्त खराब भएको थियो । मानिसहरुलाई सास फेर्न नै समस्या हुन थालेको छ । त्यहाँका अस्पतालमा बिरामीको घुँइचो बढ्दो छ ।

दिल्लीको हावामा प्रदुषणका खतरानक कणको स्तर विश्व स्वास्थ्य संगठनले बनाएका मानकभन्दा २० गुणा बढी छ । हावाको गुणस्तरमा आएको गम्भीर गिरावटका कारण सर्वोच्च अदालतको एक प्यानलले त्यहाँ र छिमेकी राज्यमा केही प्रतिबन्ध पनि लगाएको छ ।

दिल्लीमा सास फेर्न कति गाह्रो भएको छ भने दिल्लीका मुख्यमन्त्री केजरीवालले दिल्ली ग्यास च्याम्बर बनेको बताएका छन् । उनले एक पत्रकार सम्मेलन आयोजना गरेर मास्क बाँड्न सुरु गरेको र एक सातामा ५० लाख मास्क बाँडिने पनि बताएका छन् । 

प्रदुषण अत्यन्त बढेका कारण त्यहाँका स्कुलहरुमा बिदा दिइएको छ ।





  • प्रकाशित मिति : कात्तिक १६, २०७६ शनिबार ०:४७:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया