एजेन्सी– इस्लामिक स्टेटले आफ्ना नेता अबु बक्र अल बगदादीको मृत्यु भएको स्वीकार गर्दै नयाँ नेता घोषणा भएको २४ घन्टा नबित्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा जवाफ दिएका छन् ।
ट्रम्पले ट्विटरमा आइएसको यो निर्णयको कडा जवाफ दिएका हुन् । उनले आइएसले छानेका नयाँ नेतालाई पनि आफूहरुले चिनेको बताएका छन् । तर, उनले ट्विटरमा यसबाहेक अन्य कुनै जानकारी दिएका छैनन् ।
आइएसले चाहिँ हिजोमात्रै अबु इब्राहिम अल हाशिमी अल कुरैशीलाई आफ्नो नयाँ नेता चुनेको हो ।
यसअघि बिहिबार मात्र अमेरिकाले आइएसका सर्वोच्च नेताको एउटा सुरुङमा कुकुर पठाएर हत्या गरेको थियो । त्यति बेला ट्रम्पले त्यसलाई संज्ञा दिएका थिए– बगदादीको मृत्यु कुकुरको जस्तै भयो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।