बुर्ज खालिफामा साहरुखका लागि जन्मदिनको शुभकामना

काठमाडौं– नेपालको संविधान दिवसको दिन साउदी अरबको बुर्ज खालिफामा नेपालको झन्डाको तस्वीर राखिएको कुराले नेपालमा निकै चर्चा पाएको थियो । कतिपयले त यसलाई सरकारको सफलताको संज्ञा पनि दिए । कतिपयले यसलाई दुबईमा गरिएको नेपालको सम्मानका रुपमा चित्रण गरे । 

तर, त्यही बुर्ज खालिफामा बलिउडका अभिनेता शाहरुख खानको जन्मदिनको अवसरमा शुभकामना पनि दिइएको छ । यसका लागि बुर्ज खालिफामा शाहरुखलाई बलिउडका किङ मानिएको छ । विश्वकै सबैभन्दा ठूलो भवनमा शाहरुखका लागि शुभकामना दिइएको भिडियो शाहरुख स्वयंले इन्स्टाग्राममा सेयर गरेका छन् । 

  • प्रकाशित मिति : कात्तिक १७, २०७६ आइतबार १०:१२:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया