लमजुङ– लमजुङकाे दोर्दी गाउँपालिका-६ छोटे खोलामाथिको क्लेंचे भिरमा मौरीको मह काढ्दै गरेका मह शिकारीको मृत्यु भएको छ । मह काढ्दै गरेका दोर्दी गाउँपालिका-६ झुमस्वाँराका २६ वर्षीय गोरे भनिने गोपाल गुरुङको मंगलबार दिउँसो भिरबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
मह काढ्ने क्रममा समातेको डोरी हातबाट फुस्किँदा खसेर गुरुङको मृत्यु भएको स्थानीय धर्म गुरुङले बताए । उनका अनुसार गुरुङसहित १२ जनाको टोली भिर मह काढ्न छोटे खोलादेखि करिब २ किलोमिटरमाथि पर्ने क्लेंचे भिरमा गएका थिए । मह काढ्ने क्रममा प्रयोग गरिने चोयाबाट निर्मित प्रों छो (भर्याङे डोरी) समात्ने क्रममा हात फुस्किएपछि खसेको र उद्धार गरी उपचारका लागि ल्याउने क्रममा मृत्यु भएको हाे ।
अहिले शवको पोष्टमार्टमका लागि लमजुङ जिल्ला सामुदायिक अस्पताल ल्याएको प्रहरीले बताएको छ । गोपालले ३ वर्षयता भिरमह काढ्दै आएकाे स्थानीयले बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।