मुन्ना भाइ सिरिजको अर्को फिल्म नबन्ने

एजेन्सी– सन्जय दत्तको चर्चित फिल्म मुन्नाभाइ सिरिजको तेस्रो फिल्म नबन्ने भएको छ । राजकुमार हिरानीले यो फिल्म बनाउने या नबनाउने भन्ने विषयमा लामो समयदेखि केही बोलेका छैनन् । त्यसैले पनि यसले दर्शकमा उत्सुकता राखिरहेको छ । 

तर, मुन्नाभाइ एमबिबिएस र लगे रहो मुन्नाभाइमा विशेष भूमिकामा खेलेका बोमन इरानीले चाहिँ यो फिल्म नबन्ने बताएका छन् । उनले भारतीय मिडियासँग कुराकानी गर्दै यस्तो खुलासा गरेका हुन् । 

उनले मानिसहरु अहिले पनि तेस्रो भाग बनिरहेको हुनसक्ने अनुमान गरिरहेको हुनसक्ने बताएका छन् । ‘तर, यो कुरा साँचो होइन,’ उनले भनेका छन्, ‘मेकर्सलाई यसको तेस्रो सिरिजको कथा राम्रो लागेन, यो फिल्म बन्दैन ।’ 





  • प्रकाशित मिति : कात्तिक २३, २०७६ शनिबार १:३२:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया