काठमाडाैं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कालापानी नेपालको भूमि रहेको र यसका लागि भारतसँग कूटनैतिक र राजनीतिक पहल गर्नुपर्ने बताएका छन् l
शनिवार सामाजिक संजालमा ट्वीट गर्दै देउवाले कालापानी पश्चिमको नदी महाकाली नदी भएको बताएका हुन् l
‘भारतीय सुरक्षा बल रहेको कालापानी लगायतको भुमी नेपालको हो,’ ट्वीटमा देउवाले उल्लेख गरेका छन्, ‘कालापानी पश्चिमको नदि महाकाली नदी हो । सो पुर्वका हाम्रा सबै भुभाग फिर्ता लिन सरकारले उच्चस्तरीय कूटनीतिक र राजनीतिक पहल गर्नुपर्छ l’
देउवाले यसका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पूर्ण साथ रहने बताएका छन् l
भारतीय सुरक्षा बल रहेको कालापानी लगायतको भुमी नेपालको हो l कालापानी पश्चिमको नदि महाकाली नदि हो। सो पुर्वका हाम्रा सबै भुभाग फिर्ता लिन सरकारले उच्चस्तरीय कुटनैतिक र राजनैतिक पहल गर्नुपर्छ l यसका लागि हाम्रो पुर्ण साथ रहनेछ l
— Sher Bahadur Deuba (@DeubaSherbdr) November 9, 2019
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।