एजेन्सी– चीनको एक टेक कम्पनी शाओमीले विश्वमा सबैभन्दा पहिले यस्तो मोबाइल लन्च गर्दै छ जसमा १०८ मेगापिक्सेल क्यामरा जडान गरिएको हुनेछ ।
यो क्यमरालाई दक्षिण कोरियाली कम्पनीले हाइ रिजोलुसन सेन्सरसहित बनाएको हो ।
यो क्यामेराले निकै प्रष्ट फोटो खिच्न सक्ने कम्पनीले बताएको छ । तर, उनीहरुको परीक्षणमा चाहिँ यसमा समस्या देखिएको छ ।
शाओमीले अहिले यो मोबाइल घरेलू बजारमा मात्र लन्च गरेको छ । चीनमा यसको मूल्य जम्मा २७९९ युआन अर्थात् ४८ हजार नेपाली रुपैयाँ राखिएको छ ।
शाओमीले यो क्यामेरा सेन्सर एमआइ १० मा पनि प्रयोग गर्ने जनाएको छ । यो यही साता लन्च हुन लागेको मोबाइल हो । यो मोबाइल चाहिँ विश्वभर बेचिने जनाइएको छ ।
शाओमी विश्वमा मोबाइल बेच्ने कम्पनीहरुमा चौथो ठूलो हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।