सांसदहरुलाई मन्त्री याेगेशले भने– विमानस्थलमा भिआइपी कक्ष प्रयाेग गर्न नपाउँदा आफूलाई सानाे नसाेच्नू
फाइल तस्वीर ।

काठमाडौं- सरकारले विमानस्थलको भीआईपी सुविधा प्रयोगका लागि तोकिएका मापदण्डको पूर्ण पालना गर्न सचेत गराएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको  भीआईपी कक्ष प्रयोग गर्न नपाउँदैमा आफूलाई सानो नठान्न पनि सांसद, मन्त्रीहरुलाई आग्रह गरेका छन् ।

बुधबार संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको बैठकमा सांसदहरुले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका कर्मचारीहरुले आफूहरुमाथि हेपाहा प्रवृत्ति देखाएको गुनासो गरेका थिए। त्यसको जवाफ दिने क्रममा मन्त्री भट्टराईले सांसद, मन्त्रीहरुले पनि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका कर्मचारीलाई थर्काउने गरेको पाइएको उल्लेख गर्दै त्यसो नगर्न आग्रह गरे।

उनले सो विमानस्थलको भीआईपी कक्षको प्रयोगको विषयलाई आफ्नो प्रतिष्ठासँग जोडेर सांसदहरुले हेर्न नहुने पनि स्पष्ट पारे। मन्त्री भट्टराईले आफूले मन्त्री हुनु अघि कहिल्यै पनि सो विमानस्थलको भीआईपी कक्षको प्रयोग नगरेको दृष्टान्त पनि समितिको बैठकमा प्रस्तुत गरे।

बैठकमा सांसदहरुले विमानस्थलका कर्मचारीहरुले आफूहरुलाई हेपाहा प्रवृत्ति देखाएको गुनासो गरेका थिए। आफुहरुमाथि विमानस्थलका कर्मचारीहरुले पियनको जस्तो व्यवहार गर्ने गरेको भन्दै सांसदहरुले आक्रोश पनि  व्यक्त गरेका थिए।

राष्ट्रिय जनता पार्टी, नेपालकी सांसद अग्रहरीले विमानस्थलमा अभद्र व्यवहार गरेको भन्दै पार्टीका सांसद प्रमोदकुमार यादवमाथि मुद्दा चलाइएको भन्दै सरकारप्रति आक्रोश पनि व्यक्त गरे।





  • प्रकाशित मिति : कात्तिक २८, २०७६ बिहीबार ३:१७:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया