ट्रम्पले भने– भारतको फोहोर अमेरिका आयो

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक भारतीय फोहोरका कारण अमेरिकामा पनि प्रदुषण बढेको बताएका छन् । भारतका विभिन्न सहरमा प्रदुषणको स्तर अत्यन्त चिन्ताजनक भएको छ र ट्रम्पले भारतको फोहोरले लस एन्जलसमा पनि फोहोर हुन थालेको बताएका छन् ।

इकोनोमिक क्लब अफ न्युयोर्कको एक कार्यक्रममा सम्बोधन गर्दै ट्रम्पले भने, ‘भारत, चीन र रुसको फोहोर बग्दै लस एन्जलससम्म आइपुगेको छ । यो एउटा गम्भीर समस्या हो । हामीसँग जमिनको टुक्रा सानो छ । यदि चीन, रुस र भारत जस्ता देशले यसलाई ख्याल गरेनन् भने यो समस्याग्रस्त हुन्छ ।’ 

अमेरिकी राष्ट्रपतिले कार्यक्रममा ग्रेट प्यासिफिक गार्वेजबारे बोलेको मिडियाहरुले लेखेका छन् ।

यसअघि पनि गत जुनमा ट्रम्पले भारतको प्रदुषणको विषयमा बोलेका थिए । उनले भनेका थिए, ‘भारत, रुस तथा चीन जस्ता देशमा स्वच्छ हावा पनि छैन । विश्व पर्यावरणलाई लिएर देशहरु जिम्मेवार भएका छैनन् ।’





  • प्रकाशित मिति : कात्तिक २८, २०७६ बिहीबार १२:९:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया