नेकपा सचिवालय बैठक बस्दै, जिम्मेवारी बाँडफाँड हुने
फाइल तस्वीर ।

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आजका लागि बोलाएका छन् ।

सचिवालयका एक सदस्यले फरक धारलाई दिएको जानकारी अनुसार आज दिउँसो ४ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले पार्टी र सरकारको जिम्मेवारीको विषयमा छलफल गर्ने छन् । 

शनिबारमात्र ग्रान्डी अस्पतालमा तेस्रो पटक डायलाइसिस गरेका प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यबारे पनि सचिवालय सदस्यहरुलाई जानकारी दिनेछन् । चिकित्सकहरुले बारम्बार डायलाइसिस गर्नु पर्ने वा मिर्गौला प्रत्यारोपण गर्नु पर्ने विकल्प दिएपछि प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणको निर्णयमा पुगेका छन् । 

यस विषयमा पनि आज बस्ने बैठकमा कुराकानी हुने बताइएको छ । त्यस्तै, आजको बैठकमा पार्टी एकताका बाँकी कामहरुमाथि छलफल हुने ती सचिवालय सदस्यले जानकारी दिएका छन् । 





  • प्रकाशित मिति : मंसिर १, २०७६ आइतबार ११:५५:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया