भँडेलको निधनप्रति देउवाद्वारा दुःख व्यक्त

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भक्तपुर १ (क) प्रदेशसभाका कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेलकी आमा सेतीमाया भँडेलको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

कांग्रेस नेता भँडेलकी आमा सेतीमायाँको ८४ वर्षको उमेरमा उपचारका क्रममा आइतबार बिहान मध्यपुर ठिमी अस्पतालमा निधन भएको हो ।

सभापति देउवाले स्व. सेतीमाया भँडेलको निधनको खबरले अत्यन्तै दुःख लागेको उल्लेख गर्दै उनीप्रति श्रद्धाञ्जलि र शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन् ।





  • प्रकाशित मिति : मंसिर १, २०७६ आइतबार १६:४८:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया