काठमाडाैं– राष्ट्रिय जनता पार्टी (राजपा)का नेता राजेन्द्र महतो अध्यक्ष मण्डलको संयोजकमा चयन भएका छन् ।
बिहीबारदेखि लागू हुने गरी अध्यक्षमण्डलको संयोजक महतोलाई दिइएको हो।
राजपाको केन्द्रीय समिति बैठकले अध्यक्षमण्डलको संयोजकमा महतोलाई जिम्मेवारी दिएको हाे । बुधबार केन्द्रीय कार्यालय बबरमहलमा बसेको बैठकले उनलाई साे जिम्मेवारी दिएकाे हाे ।
बैठकले जिल्लाहरूमा वडा समिति, पालिका समिति र जिल्ला समिति गठन गर्न बाँकी रहेका स्थानमा २० दिनको म्याद थप गर्ने निर्णय गरेको छ ।
केन्द्रीय पर्यवेक्षकलाई मंसिर ३० गतेसम्म कागजातसहितको प्रतिवेदन लिई कार्यालय आउन निर्देशन दिइएको संयोजक महन्थ ठाकुरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।