ओली टिममा ९ आउट, ९ इन

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । प्रधानमन्त्री ओलीले पुनर्गठन गरेको नयाँ मन्त्रिपरिषद् सदस्यको नामावली बुधबार साँझ राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको छ । 

राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको विज्ञप्तिमा नयाँ मन्त्रीमण्डलबारे जानकारी दिइएको छ । 

सूचीअनुसार नयाँ थपिएका मन्त्रीमा वसन्त नेम्वाङ (भौतिक), हृदयेश त्रिपाठी (संघीय), पार्वत गुरुङ (महिला तथा बालबालिका), घनश्याम भुषाल (कृषि), लेखराज भट्ट (उद्योग) र रामेश्वर राय यादव (श्रम) छन् । 

सूचीमा मोती दुगडलाई उद्योगको राज्यमन्त्री, रामवीर मानन्धरलाई सहरी विकास राज्यमन्त्री तथा नवराज रावतलाई स्वास्थ्य राज्यमन्त्री बनाइएको छ । 

यो सँगै यसअघि ओली सरकारमा रहेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डित, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा, कृषिमन्त्री चक्रपाणि खनाल, श्रम तथा समाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र उद्योगमन्त्री मातृका यादव हटाइएका छन् । 

त्यस्तै, ओलीले स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादव, पर्यटन राज्यमन्त्री धनबहादुर बुढा र कृषि राज्यमन्त्री राजकुमारी चौधरीलाई पनि बर्खास्त गरेका छन् । 



उनले दुई मन्त्रीको जिम्मेवारी परिवर्तन गरेका छन् । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई कानुन मन्त्री र कानुन मन्त्री भानुभक्त ढकाललाई स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिइएको छ । 

नयाँ मन्त्रीहरुकाे सपथ बिहिबार विहान ११ बजे हुने बताइएकाे छ । 



 

 

 

  • प्रकाशित मिति : मंसिर ४, २०७६ बुधबार २३:५९:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया