Wed, 11 Dec, 2019


सुनको मूल्य घट्यो, चाँदीको घटेन
फरकधार / मंसिर ६, २०७६

काठमाडौं– बजारमा सुनको मूल्यमा गिरावट आएको छ । बिहीबारको तुलनामा शुक्रबार सुन प्रतितोला तीन सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  



महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला ७१ हजार सात सय र तेजाबी सुन प्रतितोला ७१ हजार चार सय रुपैयाँमा कारेबार भइरहेको छ । 

सुनको मूल्य घटे पनि चाँदीको मूल्य भने स्थिर छ । बिहीबार प्रतितोला ८ सय ६० मा कारोबार भइरहेको चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनएको छ । 


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्