देउवालाई सरकारका प्रवक्ता बाँस्कोटाको प्रश्नः नाकाबन्दीमा म्याउँ गर्न नसक्ने, अहिले ढाडे बनेर बोल्ने ?

कास्की– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार पोखरामा भारतले प्रधानमन्त्री ओलीसँग सल्लाह गरेर नै नक्सा छापेको हो भन्ने अभिव्यक्ति दिएपछि यसले राजनीतिक वृत्तमा ठूलो तरंग पैदा गरेको छ । 

आइतबार देउवाको यो अभिव्यक्तिको जवाफ दिँदै पोखरा नै पुगेर सरकारका प्रवक्ता, सन्चार सूचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राष्ट्रप्रेमको विषयमा सरकारको अभिव्यक्ति नफेरिने बताएका छन् । 

‘शेरबहादुर देउवाजीलाई स्पष्ट बनाउन चाहन्छु, देशभक्तिको विषयमा हाम्रो बोली फेरिँदैन,’ बाँस्कोटाले भने, ‘नाकाबन्दीका बेला उहाँहरु एक शब्द बोल्न नसक्ने, म्याउँ पनि गर्न नसक्ने अनि अहिले ठूल्ठूलो ढाडे बनेर कुर्लने ?’ उनले चुनावको समयमा आएर देउवाले यो अभिव्यक्ति दिएकोमा पनि रोष प्रकट गरे ।

यतिमात्र होइन, बाँस्कोटले टनकपुर सन्धी पनि आफूहरुले नर्बिसिएको बताए । उनले चुनावको यो समयमा देउवाको यस्तो अभिव्यक्ति आउनु शंकास्पद मात्र नभएर चुनावी माहोल बिथोल्न यस्तो भनेको समेत बताए । ‘प्रधानमन्त्रीज्यूले बोलाउनु भएको सर्वदलीय बैठकमा त उहाँले यसबारे कुनै विमती राख्नु भएको थिएन, नि,’ उनले भने, ‘अनि अहिले कहाँबाट यस्तो आरोप लाग्यो ?’





  • प्रकाशित मिति : मंसिर ८, २०७६ आइतबार १२:९:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया