लिपुलेक, कालापानी समेटिएको नेपालको नक्सा सार्वजनिक

काठमाडौं– नागरिक समाजका तर्फबाट गठित ‘सीमा बचाउ अभियान’ले आइतबार नेपालको नयाँ नक्सा सार्वजनिक गरेको छ । उक्त अभियानले आइतबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी लिपुलेक, कालापानी समेटिएको नक्सा सार्वजनिक गरेको हो । 

भारतले केही समयअगाडि आफ्नो राजनीतक नक्सा सार्वजिक गरेको थियो । जसमा नेपालको भूमी लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको छ । सोही नक्साको विरुद्धमा अभियानले नयाँ नक्सा सार्वजनिक गरेको हो ।

उक्त सम्मेलनमा नक्सा तयारीबारे जानकारी दिँदै अभियान्ता प्रा.डा. नरेन्द्रराज खनालले विज्ञका हिसाबले नदीको रेखांकन गरिएको बताए । त्यस्तै, नक्सा समितिका विज्ञ कोमलचन्द्र बरालले लिम्पियाधुरालाई पश्चिमी नेपालको सीमा मानेर नक्सा तयार पारिएकाले यसलाई विश्वव्यापी बनाउने जानकारी दिए । 

उक्त अभियानका भैरव संयोजक रिसालले नेपालको नक्साबारे घर–घरमा चर्चा हुनुपर्ने बताए । भारततर्फबाट नेपाली भूभागमा गोलमाल भएको कारण नयाँ नक्सा सार्वजनिक गर्नुपरेको उनको भनाइ थियो ।

उक्त कार्यक्रममा बोल्दै पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले भारतले निकालेको नक्सालाई काउन्टर गर्न नक्सा सार्वजनिक गरिएको बताए ।





  • प्रकाशित मिति : मंसिर ८, २०७६ आइतबार १८:११:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया