प्रेस संगठनले पायाे पूर्णता

काठमाडौं– प्रेस संगठन नेपालले सांगठनिक एकताका बाँकी कामलाई अन्तिम रुप दिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकतापछि तत्कालीन प्रेस चौतारी नेपाल र प्रेस सेन्टरबीच एकता भई नयाँ संगठन गठन गरिएको हो । 

दुई संगठनबीच एकता भएको लामो समयपछि आइतबार केन्द्रीय कमिटीको संख्या केन्द्रीय सदस्य, आयोग, प्रदेश समितिका इञ्चार्ज, संयोजक र सहसंयोजक तथा जिल्ला संयोजक र सहसंयोजकको टु‌ंगाे लगाइएको हो । साविक चौतारीबाट १ सय २४ र सेन्टरबाट १ सय ९ गरी केन्द्रीय कमिटीको संख्या २ सय ३५ सदस्यीय कायम गरिएको छ ।

विधानअनुसार भौगोलिक र गैरभौगोलिक गरी १० वटा प्रदेश समिति निर्माण गरिएको छ, जसमा सात भौगोलिक, उपत्यका (काठमाडौँ, ललितपुर र भक्तपुर) तथा प्रतिष्ठान र एसोसियट प्रदेश छन् । भौगोलिक संरचनाअनुसारका ७७ जिल्ला कमिटी निर्माण गरिएको छ । प्रतिष्ठान प्रदेशमा आबद्ध प्रतिष्ठान शाखा र एसोसियट प्रतिष्ठनामा आबद्ध शाखा जिल्ला कमिटीसरह हुनेछन् ।  

नेकपा सचिवालयले सङ्गठनको संयोजक र सहसंयोजकमा क्रमशः महेश्वर दाहाल र बस्नेतलाई यसअघि नै तोकेको थियो । नयाँ जिम्मेवारीअनुसार प्रदेश इन्चार्जमा लीलाराज भट्टराई (प्रदेश १), लालबाबु शेख (प्रदेश २), विश्वमणि सुवेदी (प्रदेश ३), गणेश पाण्डे (गण्डकी), मनोज घर्ती मगर (प्रदेश ५), ध्रुव बुढाथोकी (कर्णाली प्रदेश), नरेन्द्र साउद (सुदूरपश्चिम प्रदेश), सुरोजंग पाण्डे (उपत्यका), रामकुमार एलन (प्रतिष्ठान) र सइन्द्र राई (एसोसियट) तोकिएका छन् । 

प्रदेश १ को संयोजकमा राजन केडी र सहसंयोजक गणेश पोखरेल, प्रदेश २ को संयोजकमा हीरालाल चौधरी र सहसंयोजकमा फणिदेव महत, प्रदेश ३ को सहसंयोजकमा सुनिल खड्का, गण्डकी प्रदेशको संयोजक रामकृष्ण शर्मा र सहसंयोजक त्रिभुवन पौडेल, प्रदेश ५ को संयोजकमा सबिन प्रियासन (चौधरी) र सहसंयोजकमा मानसिंह विक, कर्णाली प्रदेशको संयोजकमा वीरबहादुर गिरी र सहसंयोजकमा प्रतिक इच्छुक शर्मा तथा सुदूरपश्चिम प्रदेशको संयोजकमा रामसिंह ठगुन्ना र सहसंयोजकमा नवराज भण्डारी रहेका छन् ।

यसैगरी उपत्यका संयोजकमा नवराज दाहाल, सहसंयोजकमा प्रकाश सिलवाल, प्रतिष्ठान संयोजकमा वीरेन्द्र वली तथा सहसंयोजकमा हरिवल्लभ नेपाल, एसोसियट संयोजकमा ध्रुव लम्साल र सहसंयोजकमा केशव खनाल रहेका छन् । अनुशासन आयोगको संयोजकमा सन्तोष पौडेल र सहसंयोजकमा केशव अधिकारी तथा लेखा आयोगको संयोजकमा विक्रम लुइँटेल (मोरङ) र सहसंयोजकमा राजु लामा तोकिएका छन् । 



जिल्ला कमिटीका संयोजकमध्ये तत्कालीन चौतारीबाट ४४ र सेन्टरबाट ३३ रहेका छन् । प्रदेश इञ्चार्जमा अधिकांश चौतारीबाट परेका छन् ।



  • प्रकाशित मिति : मंसिर ९, २०७६ साेमबार १६:११:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया