Wed, 11 Dec, 2019


ल क्याम्पसले एलएलबीमा तीन सय विद्यार्थी मात्रै भर्ना लिने
फरकधार / मंसिर ९, २०७६

काठमाडौं– नेपाल ल क्याम्पसले यस वर्ष स्नातक तहअन्तर्गत एलएलबी प्रथम वर्षमा तीन सयजना मात्रै विद्यार्थी भर्ना लिने भएको छ ।



क्षमताभन्दा बढी विद्यार्थी भर्ना गर्दा व्यवस्थापनमा समस्या आउने कारण जनाउँदै क्याम्पसले यसपटक क्षमताअनुसार मात्रै भर्ना लिने निर्णय गरेको हो ।

एलएलबी प्रथम वर्षामा भर्ना हुन चाहने विद्यार्थीले मंसिर १० गतेदेखि २५ गतेसम्ममा प्रवेश परीक्षा फारम वितरण लिइसक्नुपर्नेछ । 

ल क्याम्पसले सोमबार एक सूचना सार्वजनिक गर्दै सो जानकारी गराएको हो ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्