प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न देउवा पुगे शिक्षण अस्पताल

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न बुधबार दिउँसो शिक्षण अस्पताल पुगेका छन् । 

मंगलबार एपेन्डिसाइटको अप्रेसन गराएका प्रधानमन्त्री ओली शिक्षण अस्पतास्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा छन् । उनको स्वास्थ्यमा सुधार आइरहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।    

देउवाले प्रधानमन्त्रीलाई भेट्न चाहेको भए पनि चिकित्सकले कसैलाई पनि नभेट्न सल्लाह दिएकाले देउवाले प्रधानमन्त्री ओलीका प्रमुख सल्लाहकारसहितको टोलीलाई भेट गरी प्रधानमन्त्रीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए । साथै उनले उपचारमा संलग्न चिकित्सकबाट प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे बुझेका थिए । 





  • प्रकाशित मिति : मंसिर ११, २०७६ बुधबार १४:१३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया