अस्पतालमा चिकित्सकलाई प्रधानमन्त्री भनिरहेछन्– मलाई नरोक्नुस्, एक–एक मिनेटको महत्व छ
फाइल तस्वीर ।

काठमाडौं– एपन्डिसाइटिसको अपरेसनका लागि प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई मंगलबार विहान ९ बजे मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरियो । अपरेसनपछि उनको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ । 

अपेरसनलगत्तै भेन्टिलेटरमा राखिएका प्रधानमन्त्री ओलीलाई अहिले सघन उपचार कक्ष आइसियुमा राखिएको छ ।

ओलीको पेटमा संक्रमण भएकाले उनले केही दिन अस्पतालमा नै आराम गर्नु पर्ने चिकित्सहरुको सुझाव छ । तर, प्रधानमन्त्री ओली त्यहाँबाट छिटो बाहिर निस्किन चाहिरहेका छन् । बिहिबार विहानबाट ओलीले जाउलो खान थालेको अस्पताल स्रोतले फरक धारलाई बताएको छ । 

आज नै अस्पतलामा चिकित्सकको एउटा टोली विशेष बैठक पनि बसेको छ । यो बैठकले प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे के गर्ने भन्ने विषयमा छलफल गरेको अस्पतालका एक चिकित्सकले जानकारी दिएका छन् । 

ओलीको उपचारमा संलग्न एक चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीले आजैबाट चिकित्सकहरुसँग आफ्नो विषयमा बाहिर के आइरहेको छ भन्नेबारे सोधिरहेका छन् । 

‘उहाँलाई अत्यन्त बढी चासो आफ्नोबारे बाहिर के भनिरहेका छन् भन्नेमा छ,’ प्रधानमन्त्रीको उपचारमा संंलग्न एक चिकित्सकले भने, ‘उहाँ आफूलाई छिटो बालुवाटार फर्काइयोस् भन्ने चाहिरहनु भएको छ ।’ उनका अनुसार प्रधानमन्त्रीले अहिले एक एक मिनेटको महत्व भएको भन्दै उनलाई नरोक्न चिकित्सकहरुसँग आग्रह गरिरहेका छन् । 



आज विहानमात्र प्रधानमन्त्री ओलीले मोबाइल पाएपछि ट्विटरमा गएर आफ्नो स्वास्थ्यबारे चासो राख्ने तथा शुभेच्छुकलाई धन्यवाद रिप्लाई गरेका थिए । ‘उहाँलाई छिटो काममा फर्किन मन भएको कुरा बुझिएको छ,’ नेकपाका नेताले विहान ओलीसँग भेटघाट गरेका उपप्रधानमन्त्री इश्वर पोखरेलसँग आफूले गरेको कुराकानी सम्झँदै भने, ‘यस्तो अस्वस्थ भएको समयमा पनि उहाँले आफूलाई देशका लागि समर्पण गर्ने जुन चाहना राख्नु भएको छ, त्यो उदाहरणीय छ ।’



  • प्रकाशित मिति : मंसिर १२, २०७६ बिहीबार १६:२३:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया