अभिताभले सन्न्यास लिने

एजेन्सी– ७७ वर्षका बलिउड अभिनेता अमिताभ बच्चनले अब सन्न्यास लिने भएका छन् । उनले यसको संकेत गरेका हुन् । उनले लेखेका छन्, ‘मैले अब सन्न्यास लिनु पर्ने हुन्छ । दिमाग एउटा कुरा सोचिरहेछ, औंलाहरु अरु केही, यो इशारा हो ।’

केही समययता अमिताभ बच्चन खराब स्वास्थ्यसँग जुधिरहेका पनि छन् । अक्टोबर २०१९ मा उनको फोक्सोमा समस्या देखिएपछि उनी अस्पतालमा भर्ना भएका थिए ।

कौन बनेगा करोडपति ११ को सुटिङ सकिएपछि फिल्म ब्रह्मास्त्रको सुटिङका लागि १२ घन्टा सडक यात्रा गरेका अमिताभले सन्न्यास लिन चाहेको कुरालाई निकै महत्वका साथ हेरिएको छ ।

यसअघि सन् १९८४ देखि १९८७ सम्म तीन वर्ष अमिताभ बच्चनले फिल्मबाट ब्रेक लिएका थिए । उनी यतिबेला आफ्ना साथी राजीव गान्धीलाई सहयोग गर्न राजनीतिमा उत्रिएका थिए । तर, उनको राजनीतिमा यात्रा खासै लामो रहेन । 

सन् १९९२ मा खुदागवाह रिलिज गरेपछि पनि अमिताभ बच्चनले पाँच वर्षका लागि सन्न्यास लिएका थिए । सन् २००० मा उनले फिलम मोहब्बतेबाट फेरि बलिउडमा काम गर्न थालेका थिए ।

अहिले अमिताभ बच्चनका तीन फिल्म आउने पक्का भइसकेको छ । ब्रह्मास्त्र, चेहरे, गुलाबो–सिताबो तीन फिल्म उनका २०२० मा रिलिज हुँदैछन् ।





  • प्रकाशित मिति : मंसिर १२, २०७६ बिहीबार २२:५५:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया