साग पुरुष भलिबलको फाइनलामा भारत र पाकिस्तान भिड्ने

काठमाडौं– जारी १३ औं साग गेम्सको पुरुष भलिबलको फाइनलमा भारत र पाकिस्तान भिड्ने भएका छन् । 

आज भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानले बंगलादेशलाई हराउँदै फाइनलमा आफ्नो स्थान सुनिश्चित गरेको हो । पाकिस्तानले बंगलादेशलाई सोझो सेटमा हराएको हो । 

पाकिस्तानले पहिलो सेटमा २५–१५, दोस्रोमा २५–२१, तेस्रोमा २६–२४ गर्दै बंगलादेशलाई हराएको हो । 

आजै भएको अर्को सेमिफाइनलमा भारतले श्रीलंकालाई हराएको थियो । 

यी दुईबीच स्वर्ण पदकका लागि अर्को खेल मंगलबार हुँदै छ । बंगलादेश र श्रीलंकाले चाहिँ कास्य पदकका लागि सोमबार खेल्नेछन् । 





  • प्रकाशित मिति : मंसिर १५, २०७६ आइतबार १६:१३:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया