भारतकी कवितालाई हराउँदै सन्ताेषीले जितिन् स्वर्ण

काठमाडाैं– १३ औँ दक्षिण एशियाली खेलकुद (साग)अन्तर्गत एथ्लेटिक्सको १० हजार मिटर दौडमा नेपालकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छन् । उनले भारतकी कविता यादवलाई ०.०१ सेकेण्डलेपछि पार्दै नेपाललाई एथ्लेटिक्समा पहिलो स्वर्ण दिलाएकी हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्शालामा मंगलबार भएको खेलमा श्रेष्ठले ३५ मिनेट ०७.९४ सेकेन्डमा निर्धारित दूरी पार गर्दै स्वर्ण पदक हात पारेका थिइन । भारतकी कविताले ३५ मिनेट ०७.९५ को समय खर्चदै रजत पदक जितिन । सोही स्पर्धामा श्रीलंकाकी निलान्थी लङ्काले ३५ मिनेट ५९.०२ सेकेण्डको समय खर्चदै कास्य पदक हात पारिन । 

साग इतिहासमा नेपालको महिला एथ्लेटिक्स खेलाडीले जितेको यो पहिलो स्वर्ण हो । यसअघि सन् २००६ मा श्रीलंकामा भएको सागमा नेपालकी कान्छीमाया कोजुले १० हजार मिटर दौडमा नेपालाई रजत पदक दिलाएकी थिइन । योसँगै १३ औँ सागमा नेपालले २० स्वर्ण पदक हात पारेको छ ।





  • प्रकाशित मिति : मंसिर १७, २०७६ मंगलबार १३:४०:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया