काठमाडौं– १३ औं दक्षिण एशियाली खेलकुदको तेस्रो दिन आज नेपालको पदकको तालिकामा अहिलेसम्म थप स्वर्ण पदक थपिएको छ । यसअघि नेपालले २३ स्वर्ण पदक जितिसकेको छ ।
आज थपिएको स्वर्ण दीपक हमालले उसुमा र अनुपमा मगरले करातेमा थपेका हुन् । हमालले भारतका साजन लामालाई पारजित गरेका हुन् । मगरले ६८ किलो तौल समूहमा पाकिस्तानी खेलाडीलाई पराजित गरेकी हुन् । योसँगै यो सागमा नेपालले अहिलेसम्मकै सबैभन्दा धेरै २५ स्वर्ण पदक पाइसकेको छ ।
नेपाल पदक तालिकाको शीर्ष स्थानमा पनि छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।