ग्लोबल आइएमई र जनता बैंक गाभिए

काठमाडौं– शुक्रबारबाट ग्लोबल आइएमई बैंक र जनता बैंक नेपाल गाभिएका छन् । शुक्रबार बिहान आयोजित एक कार्यक्रमबीच अर्थमन्त्री युवराज खतिवडाले दुई बैंक गाभिएको घोषणा गर्दै बिग मर्जरको औपचारिक शुभारम्भ गरेका हुन् ।

मर्जरपछि बैंकको नाम ग्लोबल आइएमई बैंक नै रहनेछ। यी दुई बैंक  ‘क’ वर्गका बैंकहरु हुन् । ग्लोबल आइएमई यसअघि ग्लोबल बैंक र आइएमई गाभिएर ग्लोबल आइएमई बैंक बनेको थियो । 

राष्ट्र बैंकले ठूला बैंक गाभ्ने नीतिअनुसार परिपत्र केही वर्षअघिदेखि बारम्बार परिपत्र गर्दै आएको छ । सोहीअनुरुप यी दुई वाणिज्य बैंक गाभिएसँगै नेपालमा ‘क’ वर्गका वाणिज्य बैंकको संख्या २७मा आइपुगेको छ । 

अन्य वाणिज्य बैंकहरू भने आसपमा गाभिने भन्दा विकास बैंक र फाइनान्स कम्पनीलाई मर्ज गरेर निर्धारित पुँजी पुर्याउन प्रयासरत छन् । 





  • प्रकाशित मिति : मंसिर २०, २०७६ शुक्रबार १०:३२:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया