एजेन्सी– दिल्लीको रानी झान्डी रोडस्थित एक खाद्य मन्डीमा आगलागी भएको छ । आगलागीका कारण कयौँ मानिसको मृत्यु भएको समाचार भारतीय मिडियाले लेखेका छन् ।
भारतीय समाचार एजेन्सी एएनआईका अनुसार दिल्ली प्रहरीले घटनामा अहिलेसम्म ३२ जनाको मृत्यु भएको जनाएको छ ।
त्यहाँ घाइते भएका दर्जनौँलाई नायक अस्पतालमा भर्ना गरिएको छ । आगलागीमा पछिल्लो समय पनि केही मानिसहरु फसिरहेको हुनसक्ने अनुमान गरिएको छ ।
लोकनायक अस्पतालका चिकित्सक किशोर कुमारले घाइतेको उपचार भइरहेको जानकारी दिएका छन् ।
दिल्ली दमकल विभागले त्यहाँको आगो नियन्त्रणमा लिन प्रयास गरिरहेको छ । विभागका कर्मचारीले कम्तिमा पनि ५० जनालाई आफूहरुले बचाएको बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।