कोहलपुर तनावग्रस्त : झडपमा डिएसपीसहित दर्जन घाइते, कर्फ्यु लगाइयाे

नेपालगन्ज— ट्रकले बालिकालाई ठक्कर दिएपछि आइतबार कोहलपुरमा स्थानीय र प्रहरीबीच ढुंगा हानाहान हुँदा डिएसपी हेमबहादुर शाही घाइते भएका छन् ।  

आन्दोलन अनियन्त्रित बनेको छ । स्थानीय र प्रहरीबीच ढुंगा हानाहान जारी छ । प्रहरीले हवाई फायर र अश्रु ग्यास प्रहार गर्दा पनि स्थिति नियन्त्रणमा आउन सकेको छैन ।

केही स्थानीय पनि घाइते छन् । त्रिभुवन उच्च माध्यमिक विद्यालयमा अध्ययनरत प्रकृति चन्दलाई ट्रकले ठक्कर दिएपछि आक्रोशित विद्यार्थीले ट्रकमा आगजनी गरेका थिए ।

प्रहरीले ट्रकमा आगजनी गरेको भन्दै विद्यालयमा गएर विद्यार्थी र शिक्षकलाई नियन्त्रणमा लिई कुटपिट गरेपछि आन्दोलन चर्केको हो ।

विद्यार्थीको प्रदर्शन चर्किएपछि बाँकेमा कर्फ्यू लागेको छ । 

कोहलपुरका केन्द्र बनाएर उत्तरतर्फ नौबस्ता, दक्षिणतर्फ पिपरीचाेकसम्म, पश्चिमतर्फ किरण खोला र पूर्वतर्फ रोहीनी खोलासम्म लागु हुनेगरी कर्फ्यू लगाइएको निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णकान्त भट्टराईले जानकारी दिए । 





  • प्रकाशित मिति : मंसिर २२, २०७६ आइतबार १५:११:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया