एनआइसी एसिया लघुवित्तको दोस्रो साधारणसभा सम्पन्न

काठमाडौं– एनआइसी एसिया बैंक लिमिटेडकोे सहायक कम्पनी एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लि.को दोस्रो साधारणसभा सम्पन्न भएको छ । संस्थाका सञ्चालक समिति अध्यक्ष अर्जुनराज खनियाको अध्यक्षतामा सोमबार काठमाडौंमा साधारणसभा सम्पन्न भएको हो । 

साधारण सभाले सञ्चालक समितिको प्रतिवेदनसहित आव२०७५÷७६ को वित्तीय विवरण पारित गर्दै नियामक निकायलगायतका कार्यालयबाट आवश्यक स्वीकृति प्राप्त भएपश्चात् सर्वसाधारणलाई प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्ने निर्णय गरेको छ । 

सोमबारै बसेको एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको ३९औँ सञ्चालक समितिको बैठकबाट सञ्चालक समितिको अध्यक्षमा कपिल ढकाल चयन भएका छन् । ढकाल यसअघि बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए । अध्यक्ष ढकालले विश्व प्रसिद्ध परामर्शदाता कम्पनी र बैंकमा काम गरिसकेका छन् ।  

ढकालले सोमबारै नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालबाट पद तथा गोपनीयताको शपथ लिए । शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक वीरेन्द्रदत्त अवस्थी, एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र एनआइसी एसिया लघुवित्तका निवर्तमान अध्यक्ष अर्जुनराज खनियाँलगायतको उपस्थिति थियो ।

संस्थाका प्रमुख सूचना अधिकारी सुविनकाजी श्रेष्ठका अनुसार यस लघुवित्त वित्तीय संस्थाले स्थापनाको छोटो समयमै दुर्गम जिल्ला जाजरकोटमा कार्यालय स्थापना गरी मुलुकका १९ जिल्लामा ६१ शाखा कार्यालयमार्फत सहज वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
 





  • प्रकाशित मिति : मंसिर २४, २०७६ मंगलबार १४:९:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया